चौधरी ग्रुपका एम.डी. निर्वाण चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार

काठमाडौं,जेठ, ८-

चौधरी ग्रुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई राजीव गान्धी फाउन्डेसनले ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार २०१७’ ले सम्मानित गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपालको विकासका लागि विशेष योगदान पु¥याए बापत चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो । निर्वाण चौधरीको नेतृत्वमा चौधरी ग्रुपको मानव कल्याणकारी निकाय चौधरी फाउन्डेसनले नेपालमा मानवकल्याण र सामाजिक सेवाका क्षेत्रमा विशिष्ट परिणाममुखी योजनाहरु क्रियान्वित गरिरहेको सन्दर्भमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

भूकम्पपश्चात अति प्रभावित क्षेत्रहरुमा तत्काल राहत कार्यक्रमहरु र सिजी आश्रय तथा सिजी शिक्षालयमार्फत तत्काल पुनस्र्थापनाको विकल्प उपलब्ध गराएकोमा अन्तर्रा्ष्ट्रिय स्तरमा विभिन्न संघसंस्थाले चौधरी फाउन्डेसन र यसको नेतृत्वलाई सम्मानित गर्दै आएका छन् । हालसम्म फाउन्डेसनले करीब ३,००० ट्रान्जिसनल होम र ४० विद्यालय भवन बनाई भूकम्पप्रभावित स्थानीय समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

फाउन्डेसनले राष्ट्रिय पुननिर्माण प्राधिकरणसँगको समन्वयमा सिन्धुपाल्चोकमा ६५ पक्की घर सहितको नमुना गाउँ निर्माण गर्ने परियोजना अगाडी बढाएको छ । यसका अतिरिक्त नेपाल सोसल विजनेस, ज्ञानोदय छात्रवृत्ति, सिजी उन्नति, सिजी पोलिटेक्निक लगायतका कार्यक्रममार्फत फाउन्डेसनले युवा, महिला तथा ग्रामीण उद्यमशीलता र शिक्षाको क्षेत्रमा महत्वपूर्ण यसले योगदान पु¥याउँदै आएको छ ।

भूतपूर्व भारतीय प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको सम्झनामा सन् १९९१ जुन २१ मा स्थापित राजीव गान्धी फाउन्डेसनले भारतमा स्वास्थ्य, साक्षरता, विज्ञान तथा प्रविधि, महिला तथा बालबालिका, प्राकृतिक सम्पदाको व्यवस्थापन आदि क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ ।नेपलवाणीवाट