प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : नेता महत

काठमाडौ,जेठ, ८-

नेपाली काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ ।

बैशाख मसान्त भित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको आलोचना पनि गर्नुभयो ।

काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री दाहालले राजीनामा नदिएर मुलुकलाई अनिश्चयको भूमरीमा फसाउने काम गरेको आरोप पनि लगाउनु भयो ।