सात वर्षमा १७ हजार मेगावाट विजुली

काठमाडौ,जेठ,१६-

१० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा कार्यान्वयन नहुदै सरकारले सात वर्षमा १७ हजार मेगावाट विजुली उत्पादन गर्ने उदघोष गरेको छ । अर्थमन्त्री कृष्णवहादुर महराले सोमवार संसदमा पेश गरेको वजेटमा सात वर्षभित्र १७ हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वाकांक्षि घोषणा भएको हो ।

०६५ सालमा प्रधानमन्त्री भएका वेला दाहाल सरकारले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा सहित सार्वजनिक कार्याक्रममा कुनै पनि सरकारले चासो देखाएका थिएनन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।