दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने

काठमाडौ,जेठ,१६-

जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन नौ दिनपछि असार ९ गतेका लागि तय गरिएको छ । मन्त्रीपरिषदको सोमवार वसेको वैठकले राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो चरण निर्वाचनमा सहभागी उदेश्यसाथ नयाँ मिति तय गरेको हो ।

सत्तापक्ष, प्रमुख प्रतिपक्ष र राजपाका शिर्षनेताहरुको सहभागीतामा आइतवार राती वसेको चार दलको वैठकमा भएको अनौपचारीक सहमतिअनुसार मन्त्रीपरिषदले पूर्वनिर्धारीत मितिभन्दा नौ दिनपछि दोस्रो चरण स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।