जापानी प्रधानमन्त्री आबेको सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत

जापान,कार्तीक,६-

जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ ।

japnese priministar sinjo aabe

गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा पूरा गर्न सहयोग पुग्ने बीबीसीले उल्लेख गरेको छ ।

जापानको प्रतिरक्षा प्रणालीसहित राष्ट्रिय सुरक्षामा परिवर्तन ल्याउने आबेको योजना छ । यो जितसँगै आबेले तेश्रो कार्यकालका लागि समेत पार्टीको नेतृत्व सम्हाल्ने लगभग निश्चित छ । साथै आबेलाई जापानी ईतिहासमा विश्वयुद्ध पछि सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री बन्ने अवसर समेत श्रृजना भएको बीबीसीले जनाएको छ ।

जित हात पारेपछि प्रधानमन्त्री आबे संक्षिप्त प्रतिक्रिया दिदै उत्तर कोरियासँगको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । त्यसका लागि बलियो कुटनीति आवश्यक रहेको आबेको भनाई थियो । लगातार आणविक कार्यक्रम परीक्षण गर्दै आएको उत्तर कोरियाको खतरालाई ध्यानमा राख्दै प्रधानमन्त्री आबेले आकस्मिक चुनाव घोषणा गर्नुभएको थियो ।