
एजेन्सी,चैत्र,१८-एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ ।
कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन्।छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेविया, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यानड, ट्युनिसिया, मोरोक्को, क्यामरुन, अमेरिका र मेक्सिको रहेका छन् ।
अब (वेल्सविरुद्ध स्कटल्यान्ड युक्रेन) (जुनमा प्ले अफ), अष्ट्रेलिया र युएई विरुद्ध पेरु (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) र कोस्टा रिकाविरुद्ध न्युजिल्यान्ड (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) बाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछ । विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ ।
कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ । आठौं देखि १५औं वरीयतासम्मका टोलीहरु पट २ मा हुनेछ । १६औं देखि २३औं वरीयतासम्म टोली पट ३ मा तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ । यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोलीहरु रहनेछन् ।
पट १ मा आयोजक कतारसहित बेल्जियम, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र पोर्चुगल रहेका छन् ।
पट २ मा डेनमार्क, नेदरल्यान्ड्स, जर्मनी, मेक्सिको, अमेरिका, स्वीट्जरल्यान्ड, क्रोएसिया र उरुग्वे रहेका छन् ।
पट ३ मा सेनेगल, इरान, जापान, मोरोक्को, सर्विया, पोल्यान्ड, दक्षिण कोरिया र ट्युनिसिया रहेका छन् ।
पट ४ मा साउदी अरेबिया, इक्वेडर, घाना, क्यामरुन र क्यानडा रहेका छन् ।
पट ५ मा (वेल्सविरुद्ध स्कटल्यान्ड युक्रेन) (जुनमा प्ले अफ), अष्ट्रेलिया र युएई विरुद्ध पेरु (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) र कोस्टा रिकाविरुद्ध न्युजिल्यान्ड (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) बाट विजेता रहनेछ ।
अन्तर महादेशीय छनोटका खेलहरु जुन १३ र १४ मा कतारमा हुनेछ ।जसमा अफ्रिका र कन्मेवल, ओएफसी र कोन्काफसँग प्रतिस्पर्धा गर्नेछ।एकै कन्फेडेरेसनका टोलीलाई विभिन्न समूहमा विभाजन गरिनेछ।युइएफएका अपवादबाहेक त्यहाँ १३ टोली हुनेछन् । नतिजाको रुपमा आठ समूहमध्ये पाँचमा दुई युरोपेली टोली हुनेछन् ।फिफाले प्लेअफबाट छनोट हुने टोलीलाई उनीहरुको एकै कन्फेडेरेसनका टोलीबाट अलग रहने स्पष्ट पारेको छ ।
विश्वकपमा अफ्रिकाबाट ५, एसियाबाट ४ र (प्लेअफबाट १ प्लस), युरोपटबा १३, कोन्काफबाट ३ (प्लेअफबाट १ प्लस), ओसियानाबाट (प्लेअफबाट १ प्लस ) र कन्मेवलबाट ४ (प्लेअफबाट १ प्लस) छनोट हुने प्रावधान रहेको छ ।
यसपटकको विशवकप २१ नोभेम्वर २०२२ बाट शुरु भएर १८ डिसेम्वर २०२२ सम्म चल्नेछ । विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु समरमा नभई विन्टरमा हुन लागेको हो ।