बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले आज दिने

काठमाडौं,जेष्ठ,२८-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको cजेटमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ ।आज पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

उहांले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।यसअघि हिजो र सोमबार पनि मन्त्रिहरुले आ आफ्ना मन्त्रालय अन्र्तगतका कार्यक्रममा उठाइएका प्रश्नको जवाफ दिएका थिए ।प्रधानमन्त्रीले जवाफ दिएलगत्तै सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश हुने छन् ।

यस्तै आजै विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।यसैगरी अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।