सरकारद्धारा वार्षिक नीति तथा कार्यक्रम पारित

अाजै राष्ट्रपतिसमक्ष पेश गर्ने

काठमाण्डाैं,जेठ, ७-

सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईताबार विहान बसेको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै अपरान्ह ५ बजे राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो ।

संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरुलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनु भयो ।

जेठ १५ गते काम चलाउ बजेट पेश गर्ने तयारीमा रहेको सरकारले त्यस अघि नै सरकारको नीति तथा कार्यक्रम तयार पारेको हो । नीति तथा कार्यक्रमले दैनिक प्रशासनिक कामलाई पनि उच्च प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट अघि नै राजीनामा दिने भएकाले आंशिक बजेट ल्याउने तयारी गरेको हो । प्रवक्ता कार्कीले राष्ट्रपतिसँगको परामर्शपछि संसदमा नीति तथा कार्यक्रम पेश गर्ने मिति तय हुने पनि स्पष्ट पार्नु भयो ।

बजेट पेश गर्नु अघि नै संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री दाहालले काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेपछि नयाँ सरकारले पूर्ण बजेट पेश ल्याउनेछ ।