जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको तेस्रो दिन शुक्रबार तिन खेल सम्पन्न

पवन मुडभरी /

बौनिया,कार्तिक,१८-

कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको तेस्रो दिन आज तिन खेल सम्पन्न भएका छन । मंसीर ०२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आज विहान ८ बजे भएको पहिलो खेलमा द सनराईज बौनिया ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको द सनराईज बौनियाले निर्धा्रित १५ ओभरमा सवै विकेट गुमाउदै ९१ रन बनाउन सकेको थियो ।

९२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा आएको गुरुकुल एकेडेमी लम्कीे १५ ओभरमा ७ विकेट गुमाउदै ८२ रनमा रोकिएको थियो । गुरुकुल एकेडेमी लम्कीलाई ८२ रनमा रोक्ने क्रममा सनराईजका विवेक सुनारले ३ ओभरमा १५ रन खर्चदै २ विकेट लिदै म्यान अफ द म्याच भए ।आज नै भएको दोस्रो खेलमा संत निरंकारी टिकापुर ६० रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको संत निरंकारी टिकापुरले १५ ओभरमा ९ विकेट गुमाउदै ९८ रन बनाएको थियो । ९९ रनको लक्ष्य लिएर ब्याटिङ्गमा आएको ब्राईट फयुचर लम्की ३८ रनमा अलआउट भयो । ब्राईट फयुचर लम्कीलाई ३८ रनमा समेटने क्रममा संत निरंकारी टिकापुरका कप्तान कुशल कठायतले २.५ ओभर गर्दै ५ रन खर्चेर ह्याट्रिक सहित ५ विकेट लिए । उनि म्यान अफ द म्याच घोषित भए ।

यसैगरी प्रतियोगिताको तेस्रो दिनको अन्तिम खेलमा उज्यालो शिक्षा सदन लम्की र पायनर्स एकेडेमी लम्की विच भएको खेलमा उज्यालो शिक्षा सदन लम्की २४ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको उज्यालो शिक्षा सदन लम्कीले निर्धा्रित १५ ओभरमा ६ विकेटको क्षतीमा ९४ रन बनाउन सफल भएको थियो ।

९५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रेको पायनर्स एकेडेमी निर्धारीत १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा ६८ रन मात्र जोडन सफल भयो । उज्यालो शिक्षा सदन लम्कीका नरेन्द्र काफले २ ओभरमा ६ रन खर्चदै २ विकेट लिदै म्यान अफ द म्याच भए । यसैगरी भोली पनि तिन खेल हुनेछन । प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ ।