नेपालगन्जमा एक महिने हाते कढाई तालिम सम्पन्न

नेपालगन्ज,चैत्र,२२-
एक महिने हाते कढाई तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ।

टच नेपालको आयोजनमा सन्चालन भएको उक्त तालिम शुक्रबार समापन भएको हो।

तालिममा सहभागी १० जनालाई प्रमाणपत्र बितरण गर्दै वडा नम्बर १३ का अध्यक्ष डाँगीले भने,”महिलाहरुको आय आर्जनको रुपमा यस तालिमले निकै नै महत्वपूर्ण भुमिका खेल्ने छ। साथै सिकेको सिपलाई हामीले व्यवहारमा उतार्न सक्यौं भने अरुमा आश्रीत हुनु पर्दैन।”

टच नेपालका अध्यक्ष पुर्ण प्रकाश डाँगीको अध्यक्षताको सम्पन्न भएको उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह, वडा नम्बर १३ कै वडा सदस्य पुष्पा भट्टराई लगायत प्रशिक्षार्थी गरि करिव २० जना भन्दा बढिको सहभागी रहेको थियो।

तालिममा सहभागी मध्ये एक प्रशिक्षार्थी चन्द्रा केवटले भनिन,”पहिले हामीलाई केही पनि आउँदैनथ्यो तर अहिले यस तालिमबाट आफ्नै हातले धेरै सीप सिकेका छौँ र तालिमले गर्दा आत्मनिर्भर बन्ने हौसला मिलेको छ।”

उक्त तालिम प्रशिक्षक संगिता गौतमद्वारा दिइएको थियो। तालिमबाट १० जनाले प्रत्यक्ष रुपमा लाभ लिएको प्रशिक्षक गौतमले जानकारी दिइन।