मदरसाद्वारा गरियो खजुरामा सामाजिक परिक्षण

खजुरा(बाँके), बैशाख,३०-


मदरसा इस्लामिया मसउदिया रजाउल उलुम खजुरा गाउँपालिका ७ सोनपुर बाँकेले सोमबार पहिलो पटक सामाजिक परिक्षण गरेको छ ।

धार्मिक शिक्षा सिकाउनको लागि मुस्लिम समुदायको आर्थिक सहयोगमा २०६३ सालमा स्थापना भएको उक्त मदरसाले आज एक कार्यक्रमको आयोजना गरी सामाजिक परिक्षण गरेको हो । कक्षा २ सम्मको कक्षा सञ्चालन गर्ने स्विकृति पाएको मदरसामा २ जना शिक्षक र १ जना धार्मिक गुरु (मोलबी) रहेका छ्न् ।

फेल्म नेपाल, संस्थागत बिकास सञ्जाल ललितपुरको सहयोग तथा जनजागरण समाज खजुराको ब्यवस्थापनमा भयको सामाजिक परिक्षणमा बोल्दै खजुरा गाउँपालिका शिक्षा शाखाका स्रोत ब्यक्ति टंकनाथ दाहालले मदरसाहरुको शैक्षिक सुधार गर्न योजना बनाएको बताउनुभयो ।

उहाँले ५ बर्षमुनिक बालबालिकालाई घरमै राखे अभिभावकलाई पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो । खजुरा गाउँपालिकाले यही असार मसान्तसम्म साक्षर घोषणा गर्ने गरी तयारी गरिरहेको स्रोत ब्यक्ति दाहालले बताउनुभयो ।

यस आर्थिक बर्षमा ४ लाख १ हजार ३ सय ९८ रुपैयाँको आम्दानी खर्च विवरण पनि सार्बजनिक गरिएको मदरसाका प्रधानाध्यापक बिष्णु कुमारी भुर्तेलले जानकारी दिनुभयो । मदरसा ब्यवस्थापन समितिका अध्यक्ष मो.जाकिर खाँको अध्यक्षतामा भएको सामाजिक परिक्षणको जनजागरण समाजका ब्यवस्थापक राम बहादुर पुनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।