नर्सिङ दिवसको अवसरमा खाजा खर्च कटौती गरि नर्सले गरे बिरामीहरुलाई फलफूल वितरण

नेपालगन्ज , बैशाख, २९-


अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार (आज) नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले खाजा खर्च कटौती गरेर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् ।


१९९ अौं अन्तर्राष्ट्रिय नर्सिङ दिवस अाज देशका बिभिन्न ठाउँहरुमा कार्यरत नर्सिङ कर्मचारी , विद्यार्थी , शिक्षक सबैले अा अाफनो पायक पर्ने ठाउँमा उक्त दिवस मनाएका हुन् । सन १८२० मा जन्म भएकी फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्सिङ दिवस मनाउने गरिन्छ । देशका विभिन्न ठाउँमा सरकारी स्तरमा काम गर्ने तथा प्राईभेट स्थानमा काम गर्ने नर्सिङ कर्मचारीहरु कार्यरत रहेका छन् ।


बाँकेमा पनि नर्सिङ एसोसिएसन अफ नानले भेरी प्राविधिक शिक्षालयमा विविध कार्यक्रम गरी मनाएको छ । त्यसैगरी नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्सिङ कर्मचारीहरुले जनही रु ५० रुपैयाँको दरले खाचा खर्चको रकम जम्मा गरी अस्पतालमा भर्ना भएका करिब २५० जना जति बिरामीहरुलाई फलफूल वितरण गरेको नान कि बाँके सदस्य देवमाया घलेले बताउनुभयो ।
अाफु अस्पतालको बेडमा सुतिरहेको बेलामा सेता कपडा लगाएका नानीहरुले अाएर झोलामा फलफूल दिएर गए भनेर अस्पतालको बेड नं ११९ मा भर्ना भएकी ७६ वर्षीय अमानी दमाईले बताईन् ।

आइतबार अस्पतालमा उपचार गर्ने नर्सहरुले फलफूल हातमा दिदा कस्तो महसुस भएको छ भनी बिहानी अनलाइन संवाददाताले सोद्धा नेताहरुले खालि भाषण मात्र गर्छन् बिरामीको सेवा गर्ने परोपकारी मन भएका नर्सहरुले फलफूल दिदा धेरै खुसी लागेको छ अर्का अस्पतालको बेड नं १४० मा भर्ना भएका अजय घर्ती बताए ।

अस्पतालमा कार्यरत नर्सिङ अधिकृत सुमन गिरीले अहिले पनि नर्स माथि श्रम शोषण भईरहेको छ जवसम्म यसको अन्त्य हुदैन तबसम्म नर्सिङ दिवस मनाउदा छातिमाथी ढुङ्गा राखेको महसुस हुन्छ भनेर बताउनुभयो । नर्सिङ हकहितका लागि लडाइँ गर्ने विभिन्न संघसंस्थाहरुले एक्यवद्धता भई लड्नु पर्ने बेलामा त्यसो नभएको नान कि बाँके सदस्य देवमाया घलेले बताउनुभएको थियो ।

उक्त फलफूल वितरणमा अस्पताल कि मेट्रोन ममता शर्मा, नर्सिङ अधिकृत सुमन गिरी , सुबिना खरेल, हरिना जोशी , ईन्चार्जहरु कोहिनुर फारुकी, झरना बुढाथोकी , अनिता थापा, अनिता अधिकारी लगायत नर्सिङ कर्मचारीहरु तथा शुभचिन्तकहरुको पनि उपस्थिति रहेको थियो ।