विश्व अर्वान फोरममा उपप्रमुख थारु

नेपालगञ्ज,माघ,२५-

मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारुसहित नेपालबाट ५ जनाको सहभागिता हुने भएको छ । यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासीफिकको आयोजनामा आजसाँझदेखि ४ दिनसम्म सो कार्यक्रम चल्ने छ ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारु

एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरि २५ हजारको सहभागिता रहने आयोजकले जनाएको छ । नेतृत्वमा तहमा महिलालाई अवसर कि चुनौती, महिलाको क्षमता अभिवृद्धि गर्न यूवा महिला नेतृत्वको अवस्था, लैगिंक समानताका निती तथा योजना आदि विषयमा छलफल हुने कार्यक्रममा सहभागि कोहलपुर नगरपालिका उपप्रमुख थारुले जानकारी दिनु भयो ।