भोलि हुने निर्वाचनको सुरक्षाबारे आयोगमा उच्च तहको बैठक

काठमाडौं,असार,१३-

भोलि हुने निर्वाचनको सुरक्षा अवस्थाबारे निर्वाचन आयोगमा उच्च सुरक्षा अधिकारीहरुको बैठक बसेको छ ।भोलि तीन वटा प्रदेशमा एक साथ निर्वाचन हुँदैछ ।

निर्वाचनको सुरक्षाबारे सतर्कता अपनाउनको लागि निर्वाचन आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, गृहसचिव, रक्षा सचिव, नेपाली प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख र राष्ट्रिय अनुशन्धान आयोगका प्रमुखहरुको बैठक बसेको उच्च स्रोतले जानकारी दिएको छ ।