राष्ट्रिय पत्रकारिता पुरस्कार बाँकेका खानले पाउने

मधु पौडेल
बाँके,बैशाख,२४-
सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार बाँकेका सिराज खानले पाउने हुनु भएको छ । गोरखापत्रका लागि बाँकेबाट प्रतिनिधि गर्ने खान ,बाँकेमा निकै लामो समय देखी पत्रकारीता गर्दै आउनु भएको छ । खान संगै राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी , मोरङका शिवबाहदुर कार्की र चितवनका गुणशेखर शर्मा रहनु भएको छ । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यो पुरस्कार वितरण हुँदैछ । नेपाल सरकारले अघिल्लो वर्षदेखि गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ