चुनावमा गाउँगाउँ खटिएका काँग्रेस सांसदलाई देउवाले बोलाए काठमाडौं,चोलेन्द्रलाई महाअभियोगको तयारी

काठमाडौं,वैशाख,२४-

सत्तारुढ नेपाली काँग्रेसले सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव खारेज गर्ने सर्वोच्चको आदेशलाई पुनरवलोकनका लागि अदालत जाने कि भन्ने विषयमा पनि छलफल थालेको  छ ।

‘अदालतको आदेशका विषयमा छलफल गर्न आइतबार हाम्रो पार्टीका सांसदको छलफल बोलाएका छौं’, कांग्रेसका सांसद एवं महाभियोग प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले भने, ‘अदालतले क्षेत्राधिकार मिचेर आदेश दिएको छ ।

कसरी अघि बढ्ने भन्नेमा हामी परिवर्तनकारी अन्य दलसँग पनि छलफल गर्छौं ।’कांग्रेसले चुनावमा खटिएका सबै सांसदलाई आइतबार बिहानसम्म काठमाण्डु आइपुग्न निर्देशन दिएको छ । कांग्रेसभित्र महाभियोग प्रस्ताव रोक्न आदेश दिने न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध पनि महाभियोग ल्याउनुपर्ने विषयमा छलफल चलिरहेको एक सांसदले बताए ।

अदालतको आदेशलाई कसरी लिने भन्नेमा दलहरूबीच कुरा नमिल्दा आइतबार बोलाएको संसद् बैठक पनि बस्ने कि नबस्ने भन्ने अन्योल छ । ‘बैठक कसरी अघि बढाउने भन्नेमा सचिवालयलाई कुनै जानकारी आएको छैन’, संसद् सचिवालयका एक उच्च अधिकारीले भने । दलहरूबीच कुरा नमिले संसद् स्थगित हुने सम्भावना रहेको जानकारी ती अधिकारीले दिए । अन्नपूर्ण पोस्टबाट !