पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले भैईरहेको खेलमा नेपाल र बंगलादेशले पहिलो हाफमा बराबरी खेलेका हुन्।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गरिरहेको छ।पहिलो हाफमा नेपालले थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्नबाट चुकेको हो ।

आजको बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ।नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ।

साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ।शीर्ष स्थानमा रहेको अपराजीत बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन।