थपिए १०५ जना कोरोना संक्रमित, ३ जनाको मृत्‍यु

काठमाडौं,फागुन,१९-पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परिक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरीजम्मा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ ।बिहीबार ३२० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा र १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।