ओखलढुंगामा इज्माले गरायो कृत्रिम सौर्य मण्डलको अबलोकन

सिर्जना बर्देवा/
ओखलढुंगा, पौष,२७-
ओखलढुंगा सदरमुकामका दुई विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई सौर्यमण्डको अवस्था र विभिन्न ग्रह तथा नक्षत्रको गति सम्बन्धी प्रत्यक्ष अवलोकन गराइएको छ ।

भिडियो मार्फत सगरमाथा जनता उच्च मावि र लाली गुराँस इलिंस स्कुलका विद्यार्थी तथा शिक्षकहरुलाई सौर्य मण्डलको कृत्रिम स्वरुप नै निर्माण गरेर प्राकृतिक ग्रह, उपग्रह, नक्षत्र र कृत्रिम भुउपग्रहहरुको गति र अवस्थितिका बारेमा इज्मा मिडिया एण्ड म्यानेजमेन्ट काठमाण्डौले प्रस्तुती गरेको हो ।

विद्यालय तहमा पाठ्य पुस्तकबाट मात्रै सौर्य मण्डलका ग्रह, उपग्रह र नक्षत्रका बारेमा सिकाइएका विदार्थीहरुलाई सौर्य मण्डलको अवलोकन र गतिका बारेमा प्रत्यक्ष भिडियोबाट बुझ्न सहज होस भन्ने उदेश्यले कृत्रिम सौर्य मण्डल नै खडा गरेर अबलोकन गराउँदा शिक्षण सिकाइ प्रभावकारी हुने इज्मा मिडिया एण्ड म्यानेजम्यान्टका विराज जिसीले बताउनुभयो ।

सौर्य मण्डलको प्रत्यक्ष अबलोकनबाट विद्यार्थी र शिक्षकहरुलाई समेत सौर्यमण्डलभित्र रहेका ग्रह, उपग्रह, नक्षत्र र कृत्रिम भु उपग्रहका बारेमा बुझन सहज भएको लाली गुराँस इलिंस स्कुलका प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठले बताउनुभयो ।

अबलोकनपछि शिक्षक र विद्यार्थीहरुले सौर्य मण्डलको गति र अवस्थिति बुझ्न सहज भएको बताएका छन् । इज्माले जिल्ला अन्य विद्यालयहरुबाट समेत माग आएमा यस्तो अवलोकन गराउने जनाएको छ ।