थप १४७८ संक्रमित, १६३० संक्रमणमुक्त, ६ जनाको मृत्यु

थप १४७८ संक्रमित, १६३० संक्रमणमुक्त, ६ जनाको मृत्युकाठमाडौं,असोज,६-पछिल्लो २४ घण्टामा देशभर १४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ९३० जनाको नमुनाको परीक्षण गर्दा १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६ सय ३० जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५५, ललितपुरमा १५१ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन् ।

बुधबार देशभर १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयू तथा ११९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।