‘बाहुबली-२’ले तोड्‍यो ऐतिहासिक रेकर्ड,पहिलो दिनको कमाई कति ?

एजेन्सी – Bahubali-2साउथ चलचित्र ‘बाहुबली २’सार्वजनिक भएको पहिलो दिन नै ऐतिहासिक रेकर्ड राखेको छ । दर्शकको मन जित्न सफल चलचित्रले पहिलो दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय करोड भन्दा बढि कमाइ गरेको छ। भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय चलचित्रले भारतमा एक दिनमै सय करोड कमायो भने के होला भन्ने अड्कल यस अगाडि लगाइएको थियो । तर, बलिउडका ३ खानका चलचित्रले ३ दिनमा सय करोडको आँकडा पार गरेका थिए ।

केआरकेले अफिसियल ट्विटरबाट पहिलो दिन भारतबाट १४५ करोड, अमेरिकाबाट ३३ करोड, खाडी मुलुकबाट ११ करोड र बाँकी अन्‍य ठाउँबाट ११ करोड गरी जम्मा २०१ करोडको कमाई गरेको जानकारी दिएको हो। बलिउडका ३ खानले यस अगाडि बनाएको सबै रेकर्ड यो चलचित्रले तोडेको छ । शनिबार र आइतबारसम्म चलचित्रले भारतभरबाट ४ सय करोड आसपासको व्यापार गर्ने पक्का देखिएको छ । चलचित्रले विश्वभरबाट पहिलो दिनमै २ सय करोडको ग्रस आँकडा पार गरेको छ ।
सलमानको ‘सुल्तान’ले पहिलो दिन ३६.५४ करोड र आमीरको दंगलले पहिलो दिन २९.७८ करोड कमाइ गरेको थियो। तरन आदर्शले बाहुबलीले अहिलेसम्‍मै बलिउडमा सबैभन्दा ऐतिहासिक रेकर्ड गर्ने दाबी समेत गरेका छन्।
‘बाहुबली २’ मा राजा माहेश्मतीका राजा बाहुबलीको कथा देखाइएको छ। राज मौलीले निर्देशन गरेको यो फिल्ममा प्रभास, राणा डग्गुवती, अनुष्का शेट्टी, रमैया कृष्णन, तमन्ना लगायतका कलाकारको अभिनय रहेको छ।                                                                                साभार ः रिसेन्ट नेपाल डट कम