पुनरुत्थान पार्टी नेपालले दबाब मुलक कार्यक्रमको र्याली निकाल्दै

बाँके,फागुन १६-पुनरुत्थान पार्टी नेपालको नेतृत्वले सामुदायिक विद्यालयका शिक्षक कर्मचारी भुकम्प र अन्य दैविक प्रकोप पिडित बाढी पहिरो पिढितहरुको अधिकार दिलाउनको लागी दबाव मुलक  र्याली निकाल्ने कार्यक्रम गर्दैछ । आज बिहान ११:३० बजे स्थानीय सेतुविक चोक देखि र्याली निकाली धम्बोझी चोकको परिक्रमा गर्दै सेतुविक चोकमा नै पुगेर कोणसभामा परिणत गर्ने जनाएको छ ।

त्यलगत्तै कार्यक्रम होटल मारुती नन्दनमा हुनेछ । आजको कार्यक्रममा मध्य र सुदुरका जिल्ला बाँके,बर्दिया,कैलाली,दाङ,सुर्खेतका अगुवाहरुको सहभागिता रहने पुनरुत्थान पार्टी नेपाल बर्दिया जिल्लाका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ६० लाख भन्दा बढी सामुदायिक विद्यालयका शिक्षक कर्मचारी भुकम्प र अन्य दैविक प्रकोप पिडित बाढी पिडितहरुको अधिकार दिलाउने गरी सर्वोच्चले गरेको फैसला कार्यान्वयन र सूचना दिलाउनका लागि दबाब मुलक यो कार्यक्रम गर्न लागीएको जानकारी दिनुभयो ।  कार्यक्रममा पुनरुत्थान पार्टी नेपालका केन्द्रिय अध्यक्ष गोविन्द बहादुर पौडेल र अधिवक्ता आउनुहने भएकाले सम्बन्धीत पिडित वर्गलाई कार्यक्रममा उपस्थितीको लागि आह्वान गरेको छ ।