उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,१९-
खोटाङका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । १४औं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका भित्रका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले रुपाकोट मझुवागढी नगरपालिका –१, दिक्तेलकी मेनुका आचार्य, रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्माकी चन्द्रकला राई, रुपाकोट मझुवागढी नगरपालिका –३, बाम्राङकी शोभा राई, रुपाकोट मझुवागढी नगरपालिका –४, खाल्लेकी ढाका खत्री र रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङकी दुर्गालाई नगदसहित सम्मान गरेको हो ।

उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकालाई रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसी, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दमन राईले जनही एक हजारका साथै सम्मान–पत्र प्रदान गरेका हुन् । दिवसका अवसरमा दिक्तेलमा महिला स्वास्थ्य स्वयमसेविकार्ले याली निकालेका छन् ।