आज शीर्ष नेताहरूले मतदान गने

कुन नेताले कहाँ खसाल्दैछन् भोट ?

काठमाडौँ, वैशाख ३१-

स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवं उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा आमचासोको रूपमा रहेको छ ।

दुई दशकपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधानसभाले जारी गरेको संविधानबमोजिम व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको पनि काम गर्ने स्थानीय तहको पहिलोपटक हुन लागेको ऐतिहासिक निर्वाचनमा उहाँहरू मतदान गर्न व्यग्र प्रतीक्षारत हुनुहुन्छ ।

प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्दै हुनुहुन्छ ।

उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुर महराको मतदाता नामावली रहेको प्रदेशमा पहिलो चरणमा निर्वाचन हुँदैन । यसैले उहाँहरूले यो चरणमा मत हाल्नुहुन्न ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पहिलो चरणमा मतदान गर्नुहुन्न ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामावली पनि रौतहट जिल्लामा रहेकाले जेठ ३१ मा हुने निर्वाचनमा मात्र मतदान गर्नुहुनेछ ।

पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँ महानगरपालिका–१० बानेश्वर हाइटस्थित सानोगौचरन पार्क मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

रेग्मीले आफैँ मन्त्रिपरिषद्को अध्यक्ष भएर गराउनुभएको विसं २०७० मङ्सिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि र महामन्त्री डा शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज चोकस्थित भ्याली स्कुल केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस नेता प्रकाशमान सिंहले महानगरपालिका–१६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका–८ स्थित जौबारी मतदान केन्द्रबाट मत दिँदै हुनुहुन्छ ।

एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका–७ धापासीस्थित स्काइलार्क स्कुल केन्द्रबाट मत हाल्दै हुनुहुन्छ ।

सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका–२ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका–६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–२ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिका–१९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालि–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका–३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले तनहुँको भानु नगरपालिका–९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका–१६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हाल्नुहुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–२ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

मुख्यसचिव डा। सोमलाल सुवेदीले काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित ब्लुरेन इङ्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था बाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मत दिनुहुनेछ !

नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार राजुराज जोशीले काठमाडौँ महानगरपालिका–२६ को यट्खा टोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नं। २८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । आजको गोरखापत्रमा खबर छ ।