उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

वैशाख ३१ –

उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको छ ।

मिसाइल सात सय किलोमिटर परसम्म पुगेको थियो । संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले पाँच पटक परमाणु परीक्षण गरिसकेको छ ।

लामो दूरीमा मार हान्न सक्ने मिसाइलको तयारी गरिरहेको पनि उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाले गएको महिना दुईवटा मिसाइल परिक्षण गरेकोमा दुवै असफल भएको थियो ।साभार  ujyaalo onlineबाट