आज विश्व एड्स दिवस : बाँकेमा महिला मैत्रीपुर्ण फुटबल हुने

बाँके,मंसिर,१५-

विश्व एड्स दिवस आज नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाईदै छ । आज विश्व एड्सका दिन एचआईभी संक्रमणले गर्दा मुत्यु भएका ती सम्पुर्ण संक्रमीतहरुको आत्माको चिर शान्तीका लागी दिप प्रज्वलन पनी गरिन्छ । 

बिश्व एड्स दिवसको अवसर पारी बाँकेमा भने मैत्रीपुर्ण फुटबल  हुन लागेको छ । जिल्ला एड्स समन्वय समिति बाँकेको आयोजना र नेपाल पत्रकार महासंघ बाँकेको सहकार्यमा महिला पत्रकार तथा स्वास्थ्यकर्मी महिला, महिलाहरु बिच मैत्रीपुर्ण फुटबल खेल हुने भएको हो ।

उक्त्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आयोजकले अनुरोध गरेको नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराजले जानकारी दिनुभयो ।