लाल्टिन’ रिलिज, दया र प्रियंकाको स्टारडमको परिक्षा

काठमाण्डौ,जेठ,२७-

केहि वर्ष यता नेपाली चलचित्रमा निकै चर्चा कमाएका नायक दयाहाङ राइको स्टारडम खस्किएको चर्चा नेपाली चलचित्र बजारमा हुन थालेको छ ।

अफर आएका सबै चलचित्रमा काम गरेकै कारण दयाको चलचित्रप्रति दर्शकमा कौतुहलता हराएको विश्लेषण हुन थालेको छ । धेरै हदसम्म यो सही पनि हो ।

तर, निर्माता भानु प्रताप भने उनै दयाको स्टारडम र फ्यान क्रेजमा विश्वस्त छन् । उनी निर्मित चलचित्र ‘लाल्टिन’ शुक्रबारबाट रिलिज भएको छ ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘लाल्टिन’मा दयाको साथमा अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । यी दुई कलाकारको स्टारडमको परिक्षाको रुपमा समेत यो चलचित्रलाई हेरिएको छ ।

डनको कथामा निर्माण भएको चलचित्रको ‘चमेली’ बोलको गीत अहिले चर्चामा छ । आजैबाट नायिका ऋचा शर्माको निर्माणमा तयार भएको चलचित्र ‘आधा लभ’ पनि रिलिज भएको छ । अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको यसमा मुख्य भूमिका छ ।