नेपालमा थप ८१ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

काठमाण्डौं,फागुन,१५-नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार ३२५ जना निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा ६२ जना निको भएको मन्त्रालयले जनाएको छ ।

शनिवार देशभर सक्रिय संक्रमितको संख्या ९६७ रहेको मन्त्रालयले जनाएको छ ।कोरोनाले थप २ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार ७७३ पुगेको मन्त्रालयले जनाएको छ ।