घोषणापत्र तयारीमा जुट्यो राजपा

काठमाडौ,जेठ, १९-

राष्ट्रिय जनता पार्टी राजपा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ।

राजपाले बिहिबार अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोहो।

संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ।

यसअघि शुक्रबारसम्म घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ। आजको कान्तिपुर दैनिकमा खवर छ ।