दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

फाईल तस्विर !!

काठमाडौं,फागुन,१८-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठक यहि फागुन २३ गते बस्दैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो ।

आगामी रणनीति तयार गर्नका लागि बैठक बस्न लागेको नेताहरु बताउँछन् । त्यस्तै पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहले आधिकारिकता दावी गरेको एक महिना पुग्न लाग्दा समेत प्रक्रिया अघि बढाएको छैन ।