सिरियामा बम बिस्फोटमा मृत्यु भएका बालबालिकाको सम्झनामा कोहोलपुरमा दिप प्रज्वलन

डम्मर थापा मगर/ 

कोहोलपुर,फागुन,१६-

कोहोलपुरको गोल पार्कमा सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।

एकता बुढाथोकिको संयोजकत्वमा मोर्डन आर्टिस्ट संस्थाद्वारा उक्त दिप प्रज्वलन कार्यक्रम कोहोलपुरको गोलपार्कमा गरिएको हो ।

मंगलबार साँझ ६ बजे करिब ४५ जनाको उपस्थितिमा उक्त दिप प्रज्वलन कार्यक्रम संगसंगै सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको सम्झनामा १ मिनेट मौनधारण पनि गरिएको छ।

केहि दिन अघि मात्रै भएको सो घट्नामा मृत्यु हुने बालबालिकाको सङ्ख्या मात्रै १५० भन्दा धेरै रहेको बिभिन्न स्रोतहरुले जनाएका छन् ।

निर्दोष बालबालिकाको सम्झनामा देशका बिभिन्न क्षेत्रहरुमा बिभिन्न संघ संस्थाहरुले सिरियामा शान्ति र मृत्यु भएका निर्दोष बालबालिकाको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।