बागी उम्मेदवारलाई एमाले कोहलपुरले गर्यो कारबाहि

मधुपौडेल,
बाँके,साउन १२-

यहि साउन  १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो पार्टीको सहमती बेगर कोहलपुर उद्योग वाणिज्य संघमा बागी उठेको भन्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुरले तिन जना व्यक्तिलाई कारबाहि गरेको छ ।

आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुर पार्टीको निर्णय विपरित गई बागी उठेको भन्दै साझा समावेसी व्यवसायी समुहका तर्फबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका केशव सापकोटा , खुला सदस्य उम्मेदवार ज्ञानेन्द्र खनाल र देवेन्द्र पौडेललाई कारबाहि गरेको हो ।

पार्टीको आगामी ३ वर्षको समयावधी सम्म पनि क’नै पनि ठाउँमा जिम्मेवारीबाट वन्चित गर्ने गरी पार्टी सदस्यता खारेजीका लागि जिल्ला कमिटि बाँकेलाइ सिफारिस गरिएको नेकपा एमाले नगर संगठन कमिटी कोहलपुरका संयोजक बसन्ती अधिकारीले बताउनुभयो ।

“पार्टीमा अराजकता मौलान थालेपछि हामीहरुले कारबाहि गरेका हौं । “पार्टीलाई नमान्ने” नेतृत्वलाई नमान्ने हो भने पार्टीमा बस्नुको कुनै औचित्य नरहेकाले पनि कारबाहि गरिएको अधिकारीको भनाई छ । 

बाँकेको क्षेत्र नम्बर १ बाट “निर्वाचित हुनुभएका साँसद देवराज भारले पार्टी विपरित जानेलाइ कारबाहि गर्नु जायज रहेको बताउनुभयो । कोहलपुर उद्योग वाणिज्य संघको चुनावबाट बागी उठ्नेलाइ कारबाहि गरेर शन्देस दिनुपर्ने बताउनुभयो ।

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली काँग्रेस , नेकपा एमाले , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी एक कार्यकालका लागि सहमतिय पद्धतीबाट उद्योग वाणिज्य सघंमा संय’क्त समावेसी प्यानल बनाई निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

भने अर्को नेकपा माओवादी , राष्ट्रिय जनमोर्चा र केहि स्वतन्त्र उम्मेदवार सहितको साझा समावेसी व्यवसायी समुहको प्यानल बनाई मैदानमा उत्रिएका छन् । कोहलपुर क्षेत्रका एक हजार ४ सय ५८ मतदाता रहेका छन् ।