कोकाकोला अन्तरविद्यालय फुटबल आज देखि सुरुहुदै

नकेश खड्का,

दाङ,साउन,१२-

तुलसीपुर कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र:छात्रा फुटबल प्रतियोगिता विहिबार देखी अरनीको मैदान तुलसीपुरमा सुरु हुदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वय संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ ।

उद्घाटन खेलमा गोरखा माबि घोराही र गोरखा माबि तुलसीपुर भिड्नेछन । खेल विहान ८ वजे हुनेछ । साउन २१ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा सामुदायीक विद्यालयका गरी १७ टिमको सहभागिता रहेकोछ ।

प्रतियोगितामा विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई नगद, मेडल प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।