अध्यक्षमा अर्कैलाई बनाइएपछि फोरमका तीन उम्मेदवार चुनावमा नलड्ने

भिष्म लोध,

नेपालगञ्ज,असार,८-
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा संघीय समाजबादी फोरमबाट वडा सदस्यका तीन जना उम्मेदवारले चुनावमा नलड्ने बताएका छन् । उनीहरुले आफुहरुको वडा अध्यक्ष पदका उम्मेदवार शब्बीर किघरिया र सदस्य उम्मेदवार केशवराम राढको पदमा नयाँ शक्ति पार्टी नेपालबाट जलिम खाँ र सदस्यमा शिवशंकर तिवारीलाई उम्मेदवार उठाइएकाले आफुहरु चुनाव नलड्ने बताएका हुन ।

बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै वडा नं. २२ मा फोरमबाट सदस्य पदका उम्मेदवार रहेका मालती पासी, दलित महिला सदस्य चन्दारानी चमार र महिला सदस्य गुदुवा तेलीले अध्यक्ष तथा एक जना सदस्यको ठाउँमा अन्य पार्टीका उम्मेदवारलाई अगाडी बढाइएकोमा आफुहरु चुनावमा लड्न नचाहेको बताउनुभएको छ ।

अर्को पार्टीका व्यक्तिलाई उक्त पदमा उठाइएकाले आफुहरुले महिनौदेखि गरेको प्रचार प्रसार समेत खेर गएको उनीहरुले बताए । उम्मेदवारी दर्ता समयमा अध्यक्ष तथा एक जना सदस्यमा नयाँ शक्तिका व्यक्तिको दर्ता भएको आफुहरुलाई जानकारी नभइ उम्मेदवारी दर्ता गरेका थिंयौं, बिज्ञप्तिमा भनिएको छ ।

आफ्नो वडाका अध्यक्षका लागि उठाएको उम्मेदवारको नाम नभएको थाहा पाएपछि आफुहरु उम्मेदवारी फिर्ताका लागि निर्वाचन कार्यालयमा गयौं, तर समय फिर्ता लिने समय सकिएको भने अधिकृतले भनेपछि हामीले प्रेस बिज्ञप्तिा जारी गर्न बाध्य बनेका हौं ।

आफुहरुले जितको महोल बनाइ सकेको अवस्थामा अन्यलाई अगाडी सारिएका कारण आफ्नो पनि बदनामी हुने हुँदा चुनाव चुनावबाट पछि हड्न चाहेको तीनै जनाले कारण खुलाए ।

उनीहरुका अनुसार निर्वाचन कार्यालयमा उम्मेदवारी फिर्ताका लागि गएको र नभएपछि आफुहरु फोरमबाट उम्मेवार नरहेको पनि मतदातामाझ जानकारीका लागि बिज्ञप्ति जारी गरिएको बताए । उता फोरम नेपालले लड्न भनिरहे पनि हाम्रो अध्यक्ष नभएपछि लड्नुको कुनै औचित्य नभएको उनीहरुले प्रष्ट पारेका छन् ।