नेपाल-भारत प्रबुद्ध समूहको तेस्रो बैठक आज देखि राजधानीमा सुरु

काठमाडौं, चैत २३-
नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत अन्य दुईपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका विज्ञहरु सम्मिलित प्रबुद्ध समूहको बैठक आज राजधानीमा सुरु भएको छ ।

बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने बताइएको छ ।साथै, बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने बैठकमा सहभागी एक प्रबुद्धले बताएको छ ।

बैठकमा नेपालका संयोजक पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेतृत्व गनर्् भएको छ ।