पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, साउन,७-

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ ।पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा

निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ साल असार १५ गते रामेछापमा जन्मिएका थिए ।

उहाँले स्थापना गरेको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भए पनि प्रायः सबैले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।उहाँको २०३५ साल साउन ७ गते निर्वासनका बेला भारतमै निधन भएको थियो ।