इलाका प्रशासन कार्यालय खिजीफलाटेको सेवा पुनःसुचारु

सिर्जना बर्देवा
ओखलढुंगा,साउन २६,-

इलाका प्रशासन कार्यालय खिजीफलाटको सेवा पुनःसुचारु भएको छ । ओखलढुंगाको खिजीदेम्बा स्थित इलाका प्रशासन कार्यालयमा विगत केही समय यता प्रमुख कर्मचारी नहुँदा ठप्प भएको सेवा बुधबार पुनः सुचारु भएको हो । इलाका प्रमुख भएर अधिकृत प्रदिप गिरी आएपछि सेवा पुनःसुचारु भएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिनुभयो ।

Okhaldhunga district

स्थानीयले अब नागरिकता बनाउने लगाएतका सामान्य कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता टरेको उहाँले बताउनुभयो । नागरिकता बनाउन नपाउँदा मतदाता नामावलीमा नाम दर्ता गराउन समेत स्थानीयले नपाएको खबर भिजन नेपाल साप्ताहिकको गत साताको अंकमा प्रकाशन भएको थियो ।

इलाका प्रशासन प्रमुखको पत्र बुझेर पनि कर्मचारी यहाँ आईनपुगेको विषयमा सञ्चारमाध्यमबाट समाचार सार्वजानिक भएपछि त्यसको साता दिन नवित्दै कर्मचारी आएर सेवा प्रवाह सुरु गरेका हुन् । विभिन्न कारण इलाका प्रशासन कार्यालय खिजीफलाटेको सेवा प्रभावकारी नहुँदा स्थानीय सास्ती ब्यहोर्न बाध्य भएका छन् । फोन,नेट र आवश्यक भौतिक संरचनाको अभावमा पनि सेवा प्रवाहमा समस्या हुने गरेको जनाईएको छ ।