स्पेनले जित्यो विश्वकपको उपाधी,अर्जेन्टिनाको सपना चकनाचुर

स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको उपाधि जितेको हो।

टोकियो,साउन,४-स्पेनले फिफा विश्वकप २०२६ को उपाधी जितेको छ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको उपाधि जितेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।त्यसपछि १०६ औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो।

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिनाले अन्तिमसम्म संघर्ष गरे पनि स्पेनको सशक्त प्रदर्शनलाई रोक्न सकेन।

स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो।स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो।यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो।

यस जितसँगै स्पेनले विश्व फुटबलमा नयाँ इतिहास रच्दै विश्व च्याम्पियनको ताज पुनः आफ्नो नाममा लेखाएको छ।