कान्छा अभियान्ता केपि संगै टंक र रेखा भारत जादै

बाजुराका टुहुरा बालबालिकाका लागि सहयोगार्थ जुटाईने

काठममाण्डौं,जेठ,२५-

क्लिन काष्ठमण्डपका अभियान्ता केपी खनाल बाजुराका अनाथ बालबालिकाका लागि सहयोग रकम जुटाउन शनिबार भारत जाने भएका छन्। बाजुराको बूढीगंगा नगरपालिका २ का १२ जना टुहुरा बालबालिकाका लागि निर्माणाधीन आवासको सहयोग जुटाउन भारतका विभिन्न शहरमा रहेका नेपालीहरूलाई खनालले भेट्ने भएका हुन्।

नेपालको कान्छा अभियान्त भनेर चिनिने १८ वर्षीय खनालले उक्त आवास गृहको गत बैसाख २६ गते सिलान्यास गरेका थिए। अनाथ बालबालिकाको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था कन्सन बाजुराको स्वामित्वमा रहने भवनको लागि करिब ४० लाख रकम लागत लाग्ने बताइएको छ। अहिलेसम्म करिब सात लाख वढी रकम जम्मा भइसकेको खनालले बताएका छन्।

भारतको मुम्बै, दिल्ली, पुना, बैंलोरलगायतका सहरमा रहेका नेपालीहरूसँग सहयोग रकम जम्मा गरिने अभियान्ता खनालको भनाइ छ। खनालसँगै नेपालका चर्चित लोक देउडा गायक टंक तिमिल्सेना र लोकप्रिय देउडा गायिका रेखा जोसी पनि शनिबार भारत जान लागेका हुन्।

‘म बदलिन्छु मेरो देश बदलिन्छ’, भन्ने नाराका साथ अगाडि बढेका कान्छा अभियान्ता खनालको यो अभियानमा आफूलाई सहयोग गर्नकै लागि आफू पनि भारत जान लागेको गायिका जोसीले बताइन्।

खनालले यसअघि ‘भोकै छ हुम्ला’ नामक अभियान चलायर हुम्लाका २५ गरिब परिवारलाई दाल चामललगायतका खाद्यन्न सामाग्री बाँडेका थिए भने ‘दसा लागेकालाई यो दसैँ’ भन्ने अभियान चलायर कैलालीका गरिब बालबालिकालाई लुगा कपडा र केही खाद्यन्न वितरणलगायतका दर्जनौँ कार्य गरिसकेका छन्।