भेरीको शेयर सदस्य भेटघाट कार्यक्रम कोहलपुर ८ पिपरिमा

 मधुपौडेल,

बाँके,जेठ,१५-
भेरी सहकारी बित्तीय संस्था लि. नेपालगंज बांकेको पकेट यरिया मानिने कोहलपुर-८ , पिपरिमा शेयर सदस्य भेटघाट तथा जिज्ञासा , सुझाव संकलन कार्यक्रम ग्रीन हेभेन कटेजमा संन्थाका संस्थापक सदस्य हालका संचालक सदस्य पदम बाहादुर भन्डारिज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा पुराना र नयाँ सदस्य बिच एकै थलोमा भेटघाट, परिचय भएको थियो भने संस्थाका का. निर्देशक सुशिला शर्मा ले संस्थाको नयाँ ब्रुशसमा भएको थप मुद्दाहरूको बारेमा प्रष्ट पार्दै हाल सम्म संस्थाले पुर्याउदै आएको सेवा,सुबिधा ,व्यबहारबारेमा सदस्यहरुबाट आएको गुनासा , जिज्ञासालाई छ्लफलमा राखी सुझावको रुपमा संकलन गरिएको थियो ।

संस्थाबाट ॠणको मात्र होइन हामिले संस्थामा बचत पनि गर्नु पर्छ र प्रक्रिया पुरयाई ॠण माग हुन आएमा सहज ढंगले ॠण लगानी हुने र कुनै पनि बिचौलियाको भरमा नपर्नु पर्ने पनि प्रष्ट पार्नु भयो ।

कार्यक्रममा संचालक सदस्य भिम बहादुर मल्लले छ्लफलमा उठेका कुराहरुलाई साकारात्मक रुपमा लिदै संस्था प्रतिको साखलाई कायमा राख्न यहाहरुको बिस्वस्निय भुमिका अपरिहार्य रहेको भन्दै यसलाई कायमै राख्न अनुरोध पनि गर्नु भएको थियो ।

उक्त कार्यक्रमको संचालन / सहजीकरण संस्थाका स. ब्यबस्थापक शोभा गुरुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य रुकमिणा भारतिले गर्नु भएको थियो । कार्यक्रममा ५० बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।