नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ मनाइयो

नेपालगन्ज,बैशाख,१५-


नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ नेपालगन्जमा मनाइएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर महादेव मन्दिरको शनिबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सब मनाइएको हो।

शनिबार ७ बजे नेपालगन्जका न्युरोड पेरीफेरीमा कलश यात्रा गरी, त्यसपछि मन्दिर परिसरमा होम र साझ ४ बजे सर्वसाधारणहरुका लागि प्रसाद ग्रहणका लागि भण्डारा लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार शर्माले बताउनुभयो ।

शुभेच्छुकहरुबाट चन्दा संकलन गरी ३५ लाख रुपैयाँ खर्च गरेर मन्दिर स्थापना गरेको र अझै रङ रोगन देखि धर्मशाला अादि बनाउने काम हुन बाकी रहनुको साथै त्यसका लागि सहयोगी दाताहरुसंग अनुरोध गरिने उहाँले बताउनुभयो ।

मन्दिरको काम अहिले पनि भईरहेक‍ो र उक्त मन्दिरमा दैनिक पुजाअाजा गर्नका लागि पुजारी राखेको र मन्दिर पूर्णरूपमा निर्माण भए पश्चात् स्वदेशी मात्र नभएर विदेशबाट समेत तिर्थालु भक्तजनहरु अाउने पनि उहाँले बताउनुभयो ।

यस्तो किसिमको मन्दिर नेपालमै बिरलै मात्रामा रहेको अध्यक्ष शर्माले बताउनुभयो । उक्त मन्दिरको प्रथम वार्षिकोत्सब भएको थियो।