अखिल नेपाल यातायात मजदुर संघले गर्‍यो वृहत् रक्तदान

६७ जनाद्वारा गरियो रक्तदान

नेपालगन्ज,बैशाख, १५-


अखिल नेपाल यातायात मजदुर संघले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

१३० अौं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार (आज) संघले नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
संघका जिल्ला अध्यक्ष प्रदिप कुमार छिनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ५ का सदस्य अक्कल बहादुर बम प्रमुख अतिथिको साथै अतिथिहरुमा अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष वसन्त मल्ल , सचिव राज कुमार बिसी लगायतका रहनु भएको थियो।

कार्यक्रममा महिला तथा पुरुष गरी ५० प्वाइन्ट रक्तदान गरिएको थियोे । त्यसै गरी कोहलपुरमा पनि रक्तदान कार्यक्रम अायोजना गरिएकोमा १७ प्वाइन्ट रक्तदान गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघका बाँकेका अध्यक्ष बसन्त मल्लले बताउनुभयो ।

कोहलपुरमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावतले रक्तदातालाई रगत संकलन गर्ने पोका दिएर उद्घाटन गर्नु भएको थियोे । उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ५ का अध्यक्ष दान बहादुर वलीले रक्तदान गरेर कार्यक्रम शुरु गरिएको थियोे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रदेश नं ५ का सचिवालय सदस्य पुर्ण के-सी- , बाँके जिल्ला संयोजक टी-एन- रावत, अन्टुफका नेता हेमन्त जोशी लगायतका नेता तथा कार्यकर्ता र सर्वसाधारणहरुक‍ो उपस्थिति रहेको अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका सचिव राजकुमार बि-सी-ले बताउनुभयो ।