चुनावी प्रचार प्रसारका क्रममा गरेका वाचाहरु पुरा गर्ने रावलको प्रतिबद्धता

पवन मुडभरी/

कैलाली,मंसिर,२७-
नेकपा एमालेका नेता एवम कैलाली क्षेत्र नं २ प्रतिनीधि सभावाट नवनिर्वाचित प्रतिनीधि सभा सदस्य झपट रावलले चुनावी प्रचार प्रसारका क्रममा आफुले गरेका वाचाहरु पुरा गर्ने प्रतिबद्धता जनउनुभएको छ ।

कैलालीको पवेशद्धार चिसापानीमा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै रावलले यो जित आफ्नो मात्र नभएर यस क्षेत्रका जनताको भएको भन्नुभयो । आफुलाई अमुल्य मत दिएर विजयी गराएको मतदातहरुलाई धन्यवाद ज्ञापन गर्दै रावलले यस क्षेत्रको बिकासका लागी अहोरात्र खटीने बताउनुभएको छ ।

कोण सभामा कैलाली क्षेत्र नं २ क का प्रदेश सभा सदस्य रतन थापा , ख का सदस्य नन्द बहादुर साउंद राजेन्द्र लगायतले बोल्नुभएको थियो । गएराती सम्पन्न मतगणनामा विजयी घोषीत भएपछि धनगढी , अत्तरीया , सुखड , बौनीयां , लम्की हुदैं विजयी र्याली चिसापानी पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा हजारौ कार्यकर्ता एवम समर्थकहरुको सहभागीता रहेको थियो ।