आजको राशिफल ।।आषाढ २४ गते शुक्रबार ।।

काठमाडौं,आषाढ,२४-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २४ गते शुक्रबार, (जुलाई ८ तारिख) आशाढ शुक्ल अष्टमी तिथि,रहेको छ।

आज असार २४ गते शुक्रबार राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।परिवारमा सुख सन्तोष छाउला।नयाँ कामको थालनी हुनेछ।स्वास्थ्यमा लाभ मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आज विशिष्ट व्यक्तिको साथ पाइनेछ।दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।कार्यमा सफलता पाइनेछ।राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।परिश्रम गर्दा धनार्जन हुनेछ।कुनै कुराले मनमा शान्ति छाउनेछ।लाभदायक यात्रा पनि रहला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ।ठुलो लगानी नगर्दा वेश हुनेछ।आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धार्मिक कार्यमा रुचि बढ्नेछ।व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।विद्या र बुद्धिको विकास हुनेछ।गरेको कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।प्रेम सम्बन्ध कसिलो हुनेछ।मनमा सहयोग भाव आउला।वैदेशिक कार्य अघि बढ्नेछ।धन प्राप्त पनि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन कुनै कुराले मनमा प्रसन्नता छाउनेछ।अरुलाई प्रभावित पारेर काम बन्नेछ।नसोचेको ठाउँबाट धनागमको हुनेछ।दैनिक कार्यमा प्रगति नै हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन कोमनमा दुबिधा उत्पन्न हुनेछ।अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।आर्थिक कारोबारमा मन्दी आउनेछ।महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।विद्यामा सफलता पाइनेछ।प्रेममा मधुरता छाउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज स्वादिष्ट भोजन पाइनेछ।प्रेममा मधुरता छाउनेछ।लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्।शेयर बजारको लगानीले लाभ मिल्नेछ।आत्मबल बढाएर काम गरेमा बढी सफल भइनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।साना तिना समस्यामा अल्झनुपर्नेछ ।स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो – ज्यो.प. नारायणप्रसाद दुलाल