चिकित्सक तथा कर्मचारीहरुले गरे डा- ललितेन्दु जेनाको श्रद्धाञ्जली सभा

नेपालगन्ज ,बैशाख,०८-

गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा. ललितेन्दु जेनाको आज(आइतबार) श्रद्धाञ्जली सभा गरिएको छ।

शनिबार भारतको उडिसाको कटक भन्ने ठाउँमा गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा.जेनाको आइतबार(आज) एक कार्यक्रम गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले श्रद्धाञ्जली सभा गरेका हुन।

 

डा- ललितेन्दु जेनाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा १६ वर्ष स्त्रीरोग विशेषज्ञका रुपमा काम गर्दै आएका थिए। उनले सन २००० देखि सन २०१६ सम्म उक्त अस्पतालमा काम गरेको अस्पतालका निर्देशक डा- एम- किदवाईले बताए ।

 

उनले यस क्षेत्रमा तथा अस्पतालमा गरेको सेवा कहिल्यै बिर्सन नसकिने निर्देशक किदवाईले बताए । उनले ३ वर्ष अगाडि शिक्षण अस्पताल छोडेर अाफनो ठाउँमा अस्पताल सञ्चालन गरी चलाउदै अाएका थिए ।यति बेला उनका परिवार लगायत शुभ चिन्तकहरु शोकमा डुबेका छन।