सुदूर सुपर स्टार अडिसन बाजुरामा गायन तथा नृत्य कला तर्फको प्रतिभा छनोट

रमित बि.क.

बाजुरा,जेठ,२१-

दोस्रो मेघा राउण्डको रियालीटी सो मार्तडीमा प्रस्तुत गरिएको छ । सुदूर सुपर स्टार छनाटका लागि मार्तडीमा दोस्रो मेघा राउण्ड अडिसन रियालीटी शो प्रर्दशन गरिएको हो । गायन र नृत्य तर्फका दुबै विधामा प्रतिभा छनोट गर्न रियालीटी शो प्रर्दशन गरिएको आयोजक ब्ल्याक एण्ड ह्वाईट प्रोडक्सन प्रा.लि. धनगढीमा कार्यक्रम संयोजक केशव बलायरले जानकारी दिनु भएको छ ।

द बिगेस्ट टेलिभिजन रियालिटी शो नृत्य र गायन प्रतिस्पर्धाका लागि पहिलो अडिसन गएको फागुन महिनामा मार्तडीमै भएको थियो । ब्लाक एण्ड वाईट प्रोडक्सनको प्रस्तुतीमा पहिलो पटक सुदूर सुपर स्टार छनोट प्रतियोगिता हुन लागेको हो । दोस्रो अडिसनबाट छनोट गरिएका प्रतिभा बीच धनगढीमा प्रस्तिस्पर्धा गराईने छ ।

नौ वटै जिल्लाका प्रतिस्पर्धीलाई राखेर फाइन राउण्ड शो सञ्चालन गरिने छ । मार्तडीमा सञ्चालित दोस्रो मेघा राउण्डमा ४१ जनाले भाग लिएका छन् । २३ जना नृत्य र १८ जना गायन तर्फका प्रतियोगिताले भाग लिएको आयोजकले बताएको छ ।

रियालीटी शो को निर्णायकको भूमिकामा चर्चित नृत्य निर्देशक एवं कोरियोग्राफर नरेश नाथ र लोक तथा दोहोरी पप गायक सौगात ओझा रहनु भएको थियो भने सञ्चालन सञ्चार कर्मी कृष्ण ओलीले गर्नु भएको थियो । मालिका माविमा आयोजना गरिएको कार्यक्रममा २ हजार बढीको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो । दर्शकहरु नृत्य र गायन तर्फको प्रतिभामा झुमेका थिए ।

शनिबार परेकोले पनि दर्शको संख्या अपेक्षा भन्दा बढी देखिएको थियो । आकर्षक पुरस्कार र उचित सम्मान दिने गरी प्रतिस्पर्धा गर्न लागिएको आयोजकले बताएको छ । प्रथम पुरस्कार १ लाख नगद सहीत प्रमाण पत्र, द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार ३० हजार नगद सहीत प्रमाण प्रत्र प्रदान गरिने छ ।

त्यो सँगै उत्कृष्ट १० जनालाई गीत रेकर्डीङको अवसर मिल्नेछ । भने म्यूजिक भिडियोमा पनि खेलाईने छ । त्यस्तै १ जनालाई स्कुटी बाईक, ५ जनालाई साईक, १० जनालाई मोबाईल फोन दिने भनिएको छ । शो मा प्रतिभा प्रस्तुत गरेका प्रतिस्पर्धिलाई सातदिन पछि पत्रपत्रिका मार्फत सूचना जारी गरेर सफल उम्मेदवारको नाम सार्वजनिक गरिने भुवन नाथले जानकारी दिनु भएको छ ।

अडिसन आफन्तकै उपस्थितिमा सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । सदूरपश्चिमका प्रतिभा छनोट र ओझेलका प्रतिभाको खोजि गर्दै गायन तथा नृत्य क्षेत्र तर्फ आकर्षण गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको हो । फाइनल शो को भिडियो सहीत हिमालयन टेलिभिजन र अफिसियल मिडीयाका रुपमा रहेको एसटीएसबाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।