विश्वकपमा आज चार खेलः अहिले फ्रान्स र अस्ट्रेलिया भिड्दै

धेरै नेपाली दर्शक मेस्सीकै खेलको प्रतिक्षामा

काठमाडौं,असार,२-

विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् ।

नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया अहिले भिडीरहेका छन् । यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ ।दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि दावेदारको रुपमा हेरिएको छ ।

सानो युरोपली मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ९ वजे सुरु हुनेछ ।

आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।