जापानमा नेपाली बालबालीकाको लागि फुटबल प्रशिक्षण सुरु

फाईल तस्विरमा : जापानमा रहेका नेपाली बालबालीका खेलाडीहरुको सामुहिक तस्विर ॥

टोकियो,साउन,१७-जापानमा रहेका नेपाली बालबालिकालाई लक्षित गरि चिबाको ईचिखावामा पहिलो पटक फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

नेपाल जापान फुटबल संघ (NJFA) जापानद्वारा आज अगष्ट २ तारिख शनिबारका दिन देखी फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको नवनिर्वाचित एनआरएनए जापानका सदस्य नविन दिप गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

उहाँका अनुसार यस्ता कार्यक्रमले नेपाली बालबालिकाहरूको खेलकुद क्षमताको विकास र उज्ज्वल भविष्य निर्माणमा र आगामी दिनमा फुटबल क्षेत्रमा पनि खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो।

आज देखी चिबा स्थिच ईचिखावा नजिकै रहेको निशिकिचो स्पोर्ट्स हिरोबा, वाराबीमा सुरु भएको फुटबल प्रशिक्षण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको गुरुङले जानकारी दिनुभयो।

उक्त फुटबल प्रशिक्षण बिहान ९ बजे देखी ११ बजे सम्म २ घण्टा गरिएको थियो।प्रशिक्षण कार्यक्रममा ४३ जना बालबालीका खेलाडी उपस्थित भएका थिए।

बालवालिकालाई मुख्य प्रशिक्षक:बसन्त गौचन (पूर्व नेपाली राष्ट्रिय खेलाडी तथा NJFA का पूर्व अध्यक्ष) ले गराउनु भएको थियो।

त्यसैगरी प्रशिक्षण कार्यक्रममा NJFA का अध्यक्ष रोशन बजिमायो र उपाध्यक्ष सुजित थापा मगर प्रतिनिधि प्रशिक्षकहरुको रुपमा उपस्थित हुनु भएको थियो।

यसैबिच यस्ता कार्यक्रम गर्न पूर्व अध्यक्ष एवं नेपाली अन्तर्राष्ट्रिय खेलाडी बसन्त गौचनको प्ररणादायी साथ,अनुभव र समर्थनले गर्दा सम्भव भएको भन्दै NJFA परिवारले हार्दिक धन्यवाद पनि व्यक्त गरेको छ।

NJFA ले यो पनि भनेको छ,यस्ता कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न थप उत्साह र आत्मविश्वास मिलेको भन्दै बसन्त गौचनलाई धन्यवाद दिएतो हो।आज देखी सुरु भएको फुटबल प्रशिणक्ष कार्यक्रम आगामी दिनमा तल दिएको निम्न तालिकामा हुने NJFA ले जनाएको छ।

आगामी प्रशिक्षण तालिका:

📅 ९ अगस्ट, बिहान ९:०० – ११:००
📅 १६ अगस्ट, बिहान ९:०० – ११:००
📅 २३ अगस्ट, बिहान ९:०० – ११:००
📅 ६ सेप्टेम्बर, बिहान ९:०० – ११:००

⚽ प्रशिक्षण तालिका (ICHIKAWA):
स्थान: Edogawa Riverbed Green Space, Ichikawa
**🗓️ प्रत्यक आइतबार बिहान ९:०० – ११:००

जापानमा बसोबास गर्ने व्यक्तीले आफ्ना नानीबाबुलाई फुटबल प्रशिक्षण गराउन चाहानुहुने जतिले एनजेएफएका आधीकारिक व्यक्ती बिशाल कार्की र कमल बलाल लाई सम्पर्क गर्नहुन पनि नेपाल जापान फुटबल संघ (NJFA) जापानले अनुरोध गरेको छ।