खुकुरी एफसीको तेस्रो समर कप फुटसलको टाई-सिट सार्वजनीक

प्रतीयोगीतामा २० टिमले सहभागीता जनाउने

फुकुओका,जापान,असार,२०-

जापानको फुकुओकामा यहि आउँदो शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि जानकारी दिईएको हो ।

फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबारबाट हुने प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाउनेछ ।उक्त प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गर्दै टाई-सिट सार्वजनीक गरेको हो । 

सहभागी टिमहरुको नामावलीहरु

१. स्टार एफ सी ओशाका

२. फुकुओका ब्रदर्स

३. बज्र यूनाईटेड एफ सी

४. खुकुरी एफ सी (ए)

५. खुकुरी एफ सी (बि)

६. तेन्जीन ल्याण्ड्स एफ सी

७. ओहासी एफ सी

८. वाजीरो एफ सी

९. क्यूशु ब्रदर्स स्पोर्ट क्लव

१०. टेन पोईन्ट क्लव

११. अण्डर ग्राउण्ड यामतो गाईज

१२. श्री गणेश खुकुरी एफ सी (ब्लु)

१३. श्री गणेश खुकुरी एफ सी (ह्वाईट)

१४. कुरुमे एफ सी (बल्याक)

१५. कुरुमे एफ सी (ग्रिन)

१६. जे एम सी ओजीरो एफ सी

१७. बिहानी फुटबल क्लव

१८. के आई सी ईगल एफ सी

१९ सि के जी सेपोर्ट क्लव

२० क्योदाई सिजुका एफ सी

यसैविच खुकुरी एफ सी ले आयोजना गरेको यो तेस्रो समर कप फुटसल प्रतीयोगीतामा दुईवटा टिमले पहिलो पटक सहभागीता जनाउन लागेको छ । बिहानी फुटबल क्लवले यस प्रतीयोगीता मार्फत पहिलो पटक डेब्यु गर्न लागेको  हो । यस क्लवले प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट खेल प्रर्दशन गर्ने मनशाय बोकेर शनीबार खेल मैदानमा उत्रदैछ । यो टिम बिहानी अनलाईन मार्फत संचालनमा आएको हो । 

बिहानी फुटबल क्लवबाट सहभागीहुने खेलाडीहरुको नामावली

१. दुर्लभ सारु मगर

२. प्रमोद श्रेष्ठ

३. कलम घिसिङ

४. रमेश जि.सी

५. मनीश पटुवार

६. 

७. बसन्त तिमल्सिना

८. शुद्ध पटुवार 

रहेका छन् ।

आज सार्वजनीक गरिएको टाई – सिट

यसैगरी कार्यक्रममा आयोजकले दिएको जानकारी अनुसार यो तेस्रो समर कप फुटसल प्रतीयोगीताबाट भएको फाईदा नेपालमा रहेका शिक्षाबाट बन्चीत बालबालीकाहरुलाई सहयोग गर्ने बताएको छ ।

फुटसल प्रतीयोगीतामा विजयी हुनेलाई ३ लाख जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने प्रथम रनर अपलाई १ लाख ५० हजार ट्रफि मेडल यस्तै दोस्रो रनर अपलाई ५० हजार ट्रफि मेडल त्यस्तै तेस्रो रनर अप लाई ईन्ट्री फि फ्रि र ट्रफि मेडल पुरस्कार रहेको छ । यस्तै हरेक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ “द”म्याचको  ट्रफि र उत्कृष्ट खेलाडी र उत्कृष्ट किप्परलाई टप स्कोरको ट्रफि पनी प्रदान गरिने छ ।