एक गाग्रो पानी लिउन २ घण्टा कुर्नुपर्ने समस्या

के-पी- घिमिरे/
नेपालगन्ज,बैशाख,९-

कालिकोट जिल्लाको पलाॅत गाउँ पालिका वडा नं २ मिजुवाडा भन्ने गाउमा एक गाग्रो पानी लिउनको लागि २ घण्टा कुर्नु पर्ने वाध्यता रहेको छ । यस ठाउमा पानीको चरम अभाब देखिएको उप भोक्ता समितिका अध्यक्ष बम बहादुर बमले बताउनुभयो ।

वडा अध्यक्ष विद्दी कामीका अनुसार यो ठाँउ डाॅडामा भएको हुदा र माथी लेखमा हिउ नर्पदा पर्याप्त मात्रामा यहाॅ पानीको समस्या देखिएको बताएका छन् । स्थानीय धौलागोह स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत कर्मचारी सपना गिरीले सरकारले यो ठाउॅका जनताहरूलाई नहेरेको गुनासो पोख्नुभयो ।

त्यसैगरी सामान्य चिकित्सक अध्ययन गरीरहेका पुष्पराज न्यौपानेले यस ठाउमा जसले जितेर गए पनि वास्ता नगरेको दुखेसो पोख्नु भएको थियो ।

पलाॅता गाउ पालिका प्रमुख लक्ष्मण बहादुर बमलाई यस विषयमा सोध्दा अहिले यसैका लागि १ करोड ५ लाख बजेट बिनियोजन गरिएको बताउनुभयो । यति बजेटले यहाका जनतालाई पानी पिलाउने आश्वासन समेत दिनुभएको थियो । तस्वीर -पुष्प न्यौपानेबाट ।